
एजेन्सी । भारतको उत्तराखण्ड सरकारले रामदेवको पतञ्जलिको दिव्य फार्मेसीलाई सात दिनको अलटिमेटम दिएको छ । पतञ्जली कोरोना भाइरसको औषधिको विवाद बिरूद्ध एक नोटिस जारी गरेको हो। सरकारले यो इजाजतपत्र कोरोनाको आयुर्वेदिक औषधिको लागि नभई रोग प्रतिरोध क्षमता बूस्टरहरूको लागि दिएको बताएको छ।
संयुक्त निर्देशक (आयुष) डा वाईएस रावतले भने कि हामीले कोरोनाको औषधिको लागि कुनै अनुमतिपत्र जारी नगरेको बताएका छन। दिव्य फार्मेसीले इम्यूनिटी बूस्टरको इजाजतपत्रका लागि आवेदन दिएको उनले बताएका छन । डा वाईएस रावतका अनुसार दिव्य फार्मेसीलाई जवाफ दिनको लागि एक हप्ताको समय दिइएको छ। यदि सन्तोषजनक उत्तर प्राप्त भएन भने अनुमतिपत्र पनि रद्द गर्न सकिन्छ।
मंगलबार बाबा रामदेवले कोरोना भाइरसको उपचारको औषधि उत्पादन गरेको घोषणा गरेका थिए । जसले बिरामीहरूलाई एक हप्ता भित्र पूर्ण रूपमा निको पार्ने दावी गरेका थिए । बाबाले यसलाई एक ठूलो उपलब्धीको रूपमा वर्णन समेत गरेका थिए ।
रामदेवले यो औषधि बजारमा ल्याउने बित्तिकै औषधि विवादास्पद बनेको हो। बाबा रामदेवको औषधि सम्बन्धी घोषणा सबै टिभी च्यानलहरुमा प्रत्यक्ष अन्तरवार्ता दिएका थिए ।
प्रतिक्रिया दिनुहोस