aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यूएई र कुवेतबाट तीन सय नेपाली काठमाडौं आइपुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
यूएई र कुवेतबाट तीन सय नेपाली काठमाडौं आइपुगे

काठमाडौं । यूएईको आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली आइपुगेका छन् । आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली र कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाडौं आइपुगेका हुन् ।

आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् ।

कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन्।

प्रतिक्रिया दिनुहोस