aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

चट्याङ लागेर ३ को मृत्यु, २ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
चट्याङ लागेर ३ को मृत्यु, २ जना घाइते

राजविराज । सप्तरीमा चट्याङ लागेर बिहीबार बिहान ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । कोसीमा नुहाउन गएका दुइ जना र धान रोपन गएका ए जनाको मृतयु भएको हो । 

महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य सप्तरीले जनाएको छ । 

त्यस्तै, चट्याङ लागेर सप्तरीको राजगढ गाउँपालिका बेल्ही चपेनामा २ जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका ४५ वर्षीय केसी साह र आँगंनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस