aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पशुपतिमा सुरक्षित दर्शनको लागि तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
पशुपतिमा सुरक्षित दर्शनको लागि तयारी

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भैरहेको छ ।

सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने गरी कार्यविधि बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए ।

गएको चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छन् । असार १ गतेदेखि लकडाउन खुकुलो भएको छ । तर धार्मिक स्थल, शैक्षिक संस्था, सार्वजनिक गाडी खोलिएको छैन ।

सरकारले तोकेअनुसारको दूरी कायम गर्ने, स्वयंसेवक खटाउने, चन्दन निधारमा नलगाइदिने लगायतका व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस