aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो ।

काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो । अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए ।

उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस