aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

काठमाडाैंमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
काठमाडाैंमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेका छन् ।

टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज पक्राउ गरिएको छ ।

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस