
काठमाडौं । थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ संक्रमित हुनेहरुमा झापाका १, सुनसरीका ६, मोरङका १, सप्तरीका ८, धनुषाका ९, महोत्तरीका ५, सिरहाका २, अछामका १३, बैतडीका ३, बझाङका १८, बाजुराका ८, डडेलधुराका १२, कैलालीका २, कञ्चनुरका ५९, रौतहटका ३८, सर्लाहीका ५, पाल्पाका १२१, बाराका १, डोल्पाका १, काठमाडौंका ४, ललितपुरका १, भक्तपुरका ४, तनहुँका ९, बाग्लुङका २, म्याग्दीका ६, स्याङ्जाका १, नवलपरासीका ३, प्युठानका ७, रुपन्देहीका ७, रुकुम पूर्वका १, बर्दियाका ६, बाँकेका ४, दैलेखका १९, दार्चुलाका १, धादिङका २, इलामका २, जुम्लाका २, कैलालीका १, कालिकोटका ३, कास्कीका १, लमजुङका २, सल्यानका १, सुर्खेतका १३, दाङका १, गोरखाका २, गुल्मीका १, कञ्चनपुरका १, खोटाङका १, ओखलढुङ्गाका २, पाल्पाका १, रामेछापका २ र ताप्लेजुङका ३ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा २ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस