aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असार २०७७
उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। 

प्रवक्ता गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा काठमाडौंका २ पुरुष, २ महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्व विद्यालय महाराजगञ्जमा गरिएको परिक्षणमा भक्तपुरका एक महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  

संक्रमित ९ जनाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा २ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस