
पाल्पा । क्वारेन्टाइनबाट आरडिटी परिक्षण गरेर घर फर्किएका पाल्पाका चार युवामा कोरोना संक्रमण भएकाे देखिएकाे छ । माथागढी गाउँपालिकाका भित्रका चार युवाहरुको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको हो ।
भारतका विभिन्न स्थानबाट आएर चिदीपानी सौभाग्य माविको क्वारेन्टाइनमा बसेका एक जना, वडानम्बर–२ रुप्सेका एकजना र वडा नम्बर–७ रहबासमा २ जना पुरुषहरुमा पिसिआर परिक्षण गर्दा कोरोना देखिएपछि गाउँ नै त्रसित बनेको छ ।
उनीहरु घर गएको हप्ता दिनपछि मात्रै पिसिआर रिर्पोट आएको र पोजेटिभ देखिएको हो । उनीहरु घर फर्किपछि गाउँमा स्थानीय युवाहरु र घरपरिवारसंग घुलमिल भएका थिए ।
तर, पहिलो चरणमा परिवारलाई मात्रै परिक्षणको दयारमा ल्याउन थालेपछि स्थानीयहरु अलमलमा परेका छन् भने त्यसको विरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस