aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बूढीगण्डकी आयोजनाको बजेट आधा नै किन घटाइयो ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १२ असार २०७७
बूढीगण्डकी आयोजनाको बजेट आधा नै किन घटाइयो ?

गोरखा । सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटाएको छ । आर्थिक वर्ष २०७७र७८ मा बाँकी मुआब्जा वितरण र आयोजनाको मोडालिटी निर्माणका लागि जम्मा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो ।

आयोजनाको मोडालिटी निर्माण गर्ने भनेर सरकारले यस वर्ष आठ अर्ब रुपियाँ छुट्याएको छ, बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले भने, “यसले घर, गोठ, बोटबिरुवाको मुआब्जा वितरणसमेत गर्ने हाम्रो योजना छ । ” तर त्यसको मुआब्जा निर्धारण बाँकी रहेकाले रकम पर्याप्त हुने÷नहुने यकिन नभएको उनले बताए । उक्त मुआब्जा वितरणका लागि १० अर्ब रुपियाँभन्दा बढी रकम आवश्यक हुने विज्ञहरूको दाबी छ ।

जग्गाको मुआब्जा त अब अन्तिम चरणमा पुगेको छ । केही नमिलेका जमिन बाँकी छन् । त्यसलाई पुग्ने पैसा हामीसँगै छ, कार्कीले भने, “आयोजनाको काम अघि बढाउन पैसा अभाव हुँदैन । कोरोनाको सङ्कटले कस्तो रूप लिन्छ त्यसमा चाहिँ निर्भर रहन सक्छ । ” 

प्रतिक्रिया दिनुहोस