
काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनको यो करिब साढे ३ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छापेको छ । विभागले लकडाउनको समयको सदुपयोग गर्दै उक्त परिमाणमा लाइसेन्स छापेको हो । लकडाउनपछि साढे ३ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छापिएको यातयात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए । ‘अझै डेढ लाख जति लाइसेन्स छाप्न बाँकी छ,’ उनले भने अबको डेढ महिनामा हामी अहिलेसम्मको सबै लाइसेन्स छापिसक्छौं ।
त्यस पछि आम सवारी चालकले स्मार्ट लाइसेन्स लिनको लागि लामो प्रतिक्षा गर्नु नपर्ने उनले बताए । ‘अब बाँकी लाइसेन्स छाप्ने काम सकिएपछि डाइर्भिङ ट्रयाल परीक्षा पास गरेको १ महिनामै लाइसेन्स पाउनु हुनेछ ,’ उनले थपे ।
सो अवधिमा छापेको सवारी साधन अनुमतिपत्र बाड्न शुरु गरेको छ । हाल विभागले दैनिक यातायात कार्यालयबाट तीन हजारभन्दा बढी लाइसेन्स वितरण वितरण गरिरहेको छ । कोभिडलाई मध्यनजर गर्दैै लकडाउन खुकुलो भएपछि सामाजिक दूरी कायम गर्दै धेरै भिड नहुने गरी विभागले लाइसेन्स वितरण शुरु गरेको हो । हामीले अझ छपाइलाई निरन्तरता दिने तयारी थालेका छौँ,’ हमालले भने ।
लकडाउनको अवधिमा छापिएका स्मार्ट लाइसेन्सको वितरण सुरु गरेको विभागले जनाएको छ । विभागले लकडाउनको अवधिलाई पूर्ण रुपमा सदुपयोग गर्दै धेरै स्मार्ट लाइसेन्स छापेपछि महिनौँ कुर्नुपर्ने स्मार्ट लाइसेन्स अब भने सहजै पाउन सकिने भएको छ । विभागका महानिर्देशक गोगन हमालले जानकारी दिए । लकडाउन केही खुकुलो भएपछि हाल छपाइको काम दुई सिफ्टमा सञ्चालन गरिएको छ ।
सरकारले चैत पहिलो साता नै कोरोना भाइरसको जोखिम रोकथामका लागि नयाँ सवारी चालक अनुमति पत्र जारी नगर्ने निर्णय सहित सूचना जारी गरेको थियो । १३ गतेदेखि लागू हुनेगरी जारी गरिएको सूचना अघि नै लकडाउन भएको थियो । उद्यपि अहिले पनि नयाँ लाइसेन्सका लागि फर्म खुल्ला गरेको छैन ।
प्रतिक्रिया दिनुहोस