काठमाडाैं । स्वयम्भूमा एक जना व्यक्तिको हत्या भएको छ । बिहीबार राति साढे ११ बजे स्वयम्भूको सडकपेटीमा अन्दाजी ४०-४५ वर्षका श्याम परियारको हत्या भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले हत्या गरेको आरोपमा तीन जनालाई विभिन्न स्थानबाट पक्राउ समेत गरिसकेको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ४७ वर्षीय शम्भु विक, महानगर वडा १६ पदमाजल बस्ने कृष्णमान शाक्य र काभ्रे दोलालघाट घर भई महानगर वडा १५ बस्ने रामलामा तामाङ रहेका छन् ।
प्रहरीका अनुसार परियारका साथीहरूले हत्या गरी भागेका थिए । उनी र अन्य तीन जना साथी सँगै बसेर रक्सी खाएका र पछि पैसा तिर्ने विषयमा झगडा हुँदा साथीहरूले नै हत्या गरेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीकाे भनाइ छ ।
साथीहरूले सडकपेटीको इँट्टा ब्लकले टाउकोमा हानेर हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस