aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

आज नेपालको जनसंख्या ३ करोड नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
आज नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौं । नेपालको जनसंख्या ३ करोड पुगेको छ ।

तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो ।

सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ । जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ ।

विभागले सन् २०२१ मा जनगणना गर्न तथ्यांक विभागले अहिले पाइलट प्रोजेक्ट गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस