aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

दुई लाख भारुसहित महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
दुई लाख भारुसहित महिला पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका– १५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह पौने ५ बजे विराटनगर महानगरपालिका– १७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा २ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । 

भारतीय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस