बुटवल । बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।
गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । आत्महत्याको प्रयास गरेका परियारकाे उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।
कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस