aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनाबाट थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्दाजी २५/३० वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार बिहिबार दाङमा ती महिलालाई प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ आएको हो। उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको छ । 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस