aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम सार्वजनिक

काठमाडौं । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम लागू गरेको छ । 

मोटरहेड ब्रान्डका डर्ट, स्क्र्याम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउदै आइरहेको उक्त कम्पनीले कोभिड–१९ ले भित्र्याएको अहिलेको असहज परिस्थितिमा यस अफरले केही हद सम्म आफ्ना ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउने विश्वास राखेको छ । 

कम्पनीले आफ्नो ५ मोडल टेक्कन २५०, एमएच २००एक्स, स्पोर्ट्स २५० (रोड भर्सन), स्पोर्ट्स २५० (अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन) मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच १५०आर (स्ट्रिट भर्सन) र स्क्र्याम्बलर (स्ट्रिट भर्सन) मा २० हजार सम्म छुटको व्यवस्था गरेको छ ।

यी फ्ल्याट डिस्काउन्ट वाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बिमाको साथ खरिदकर्ताको फ्रि कोभिड बिमा पनि गराउने छ । परिस्थिति जस्तो सुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफरमार्फत ग्राहकको चाहनालाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ । 

नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । सो अफर यही असार १२ देखि लागू हुने कम्पनीले जनाएकाे छ ।
 

प्रतिक्रिया दिनुहोस