
भारत । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । भारतमा एकै दिन १८ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार २ सय ७६ नयाँ संक्रमित फेला परेका हुन् । एकै दिन थपिने संक्रमितको संख्यामा यो अहिलेसम्म कै उच्च संख्या हो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ९ हजार ४४६ पुगेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १५ हजार ६८९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ३८१ जनाको मृत्यु भएको हो । त्यस्तै, संक्रमित मध्ये २ लाख ९५ हजार ९१७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस