aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतको खर्बपति परिवारमा तेस्रो पीडिमा नेतृत्व हस्तान्तरण गर्दा परिवार नै विभाजन तर्फ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असार २०७७
भारतको खर्बपति परिवारमा तेस्रो पीडिमा नेतृत्व हस्तान्तरण गर्दा परिवार नै विभाजन तर्फ

एजेन्सी । धनसम्पत्ति अथाह भएका परिवारमा परिवार विभाजनको जड के हुँदो रहेछ भन्ने उदाहरण भारतको हिन्दुजा परिवारमा देखा परेको छ । अर्बौ डलरको सम्पत्तिका कारण  विवादका कारण लामो समयदेखिको आदर्श संयुक्त परिवार हिन्दुजा भाइहरूमा अहिले सम्पत्तिको विषयलाई लिएर विवाद शुरु भएको छ । सबैजना सोच्न बाध्य भएका छन युगौदेखिको यस्तो संयुक्त परिवारमा कसरी फाटो हुन थाल्यो । 

पछिल्ला बर्षहरूमा हिन्दुजा परिवारको तेस्रो पुस्तामा स्वामित्व हस्तान्तरणको विषयमा विवादको मूल कारण मानिएको छ । एक भारतकै प्रतिष्ठित एक उद्योगपतिका अनुसार ’यो जीओसीएल कर्प हो वा अशोक लेल्याण्ड, अब परिवारका युवाहरू ठूलो भूमिकामा आउन थाले । युवतीहरू मध्ये, श्रीचन्द हिन्दुजाका छोरीहरू मात्र व्यवसायिक समूहमा आफ्नो क्यारियरको लागि अग्रसर छन् । विवाद स्विस बैंकसँग सम्बन्धीत रहेको बुझिएको  छ, किनकि परिवारमा कुनै औपचारिक रुपमा अंशवण्डा भएको छैन ।

हिन्दुजा परिवारको समूहका दोस्रो पुस्ता ( श्रीचन्द हिन्दुजा (८४वर्ष), गोपीचन्द हिन्दुजा (८०वर्ष), प्रकाश हिन्दुजा (७० वर्ष) र अशोक हिन्दुजा (७५ वर्ष)ले परिवारलाई सन्तुलन गरिरहेका छन । तर परिवारका तीन प्रमुख व्यवसायहरू अशोक लेल्याण्ड, जीओसीएल कर्पोरेसन जुन पहिले गल्फ आयल र हिन्दुजा बैंक (स्विजरल्याण्ड) थियो । तेस्रो पीडिको नेतृत्वमा आएका छ । केवल इन्डसइन्ड बैंकको कमाण्ड व्यवसायीक व्यक्तिहरूको हातमा छ । 

श्रीचन्द हिन्दुजाकी छोरी वीनु बेलायतको उच्च अदालतमा  स्विजरल्याण्डको हिन्दुजा बैंकमा आफ्नो परिवारको नियन्त्रणको लागि बिन्ती गरिन । हिन्दुजा भाइहरूमाझ सम्पत्तिसम्बन्धी पारिवारिक विवाद चर्को भयो । 

यस बैंकमा उनका बुबा अध्यक्ष एमिरेट्स र उनकी जेठी बहिनी शानू यसको अध्यक्ष छन । शानूको छोरा करम हिंदुजा केही दिन अघि बैंकको सीईओ बनेका थिए । चाखलाग्दो कुरा के छ भने, हिन्दुजा बैंक स्विजरल्याण्डको सानो बैंक हो, जसको सम्पत्ति २,७४४ करोडे छ । यो बैंकको पनि ५ प्रतिशत सेयर अशोक लेल्याण्डको छ ।

वास्तविक विवाद हिन्दुजा भाइहरूले हस्ताक्षर गरेको जुलाई २०१४ मा लिइएको पत्रबाट शुरू भयो । यस चिठ्ठीमा भनिएको छ, ’कुनै पनि भाइको नाममा जे सम्पत्ति छ, त्यो चारजना भाइहरूको भागवण्डा हुने छ ।’

अमेरिकन पत्रिका फोर्ब्सका अनुसार हिन्दुजा परिवारको कुल सम्पत्ति करिब १३ अर्ब डलर छ । कर्पोरेट जगतसँग सम्बन्धित एक अधिकारीका अनुसार, “यदि परिवारले यस सम्पत्तिलाई संयुक्त सम्पत्तिका रूपमा राख्न चाहन्छ भने उनीहरुले बजाज समूह जस्ता विवादबाट बच्न परिवारलाई सञ्चालन गर्नका लागि एक कार्यविधि बनाउन जरुरी छ । संस्थापक परिवारहरूको व्यवस्थापन र सम्पत्तिको क्रस स्वामित्व केवल पारिवारिक व्यवस्थापन सम्झौताद्वारा अलग गर्न सकिने तर्कहरु आएका छन् ।

हिन्दुजा समूहको वेबसाइटका अनुसार प्रत्येक भाइलाई विभिन्न व्यवसायिक जिम्मेवारी दिइएको छ । श्रीचन्द हिन्दुजा हिन्दुजा बैंक बाहेक सम्पूर्ण समूहका अध्यक्ष हुन् र उनी हिन्दुजा फाउण्डेशनको सीएसआर शाखाका अध्यक्ष पनि छन्। उनले केही एनआरआईको साथ इन्डसइन्ड बैंक शुुरु गरेका छन ।

गोपीचन्द हिन्दुजा समूहका सह अध्यक्ष र बेलायतको हिन्दुजा अटोमोटिव लिमिटेडका अध्यक्ष पनि छन्। यी दुई भाई लन्डनमा बस्दैनन् । गोपीचन्दले भारत र खाडी राष्ट्रहरूमा व्यापार गरिरहेका कम्पनीलाई अर्बौ डलरको बहुराष्ट्रिय समूहमा परिणत गर्ने भूमिका खेलेका छन । ८० को दशकमा उनको नेतृत्वमा गल्फ आयल र अशोक लेल्याण्ड खरिद गरेका थिए ।

तेस्रो भाई प्रकाश हिन्दुजा युरोपमा हिन्दुजा समूहका अध्यक्ष हुन् । उनले पहिलो पटक इरानको तेहरानमा बसे र पारिवारिक व्यवसायसँग सम्बन्धित रहेर काम गरे ।  त्यसपछि समूहको युरोपेली व्यापार सम्हाल्न स्विजरल्याण्ड गए । वर्ष २००८ पछि उनी मोनाको बसाइ सरे ।

कान्छो भाइ अशोक हिन्दुजा भारतमा हिन्दुजा समूहका अध्यक्ष हुन् । उनी मुम्बईमा बस्छन । उनी अन्य भाइहरुभन्दा कम उमेरमा नै कम्पनीमा अन्य भाइहरूभन्दा ठूलो भूमिकामा छन । उनी भारतीय धेरै युवाको उमेर समूहमा यस्तो ठूलो भूमिकामा देखिए । उनी इंडसइन्ड बैंकको प्रवर्तक कम्पनी आईआईएचएलका अध्यक्ष पनि छन् । उनी समूहको मिडिया र मनोरन्जन कम्पनी एनएक्सती डिजिटल लिमिटेड र हिन्दुजा नेशनल पावर कर्पोरेशनका अध्यक्ष हुन् । उनी बीपीओ कम्पनी हिन्दुजा ग्लोबल सोल्यूशन अध्यक्ष अमीरात पनि हो ।

श्रीचन्द हिन्दुजाका दुई छोरी छन् । बीनु र शानू । शानू हिन्दुजा फाउन्डेसन अमेरिकाका अध्यक्ष हुन् र उनी हिन्दुजा ग्लोबल सलुशन्स इंकका सह(अध्यक्ष हुन्। बिनु हिन्दुजा भेन्चर्स लिमिटेडका निर्देशक र हिन्दुजा समूह भारत लिमिटेड र जीओसीएल निगमका निर्देशक हुन् ।

गोपीचन्द हिन्दुजाका दुई छोरा छन् ( संजय र धीरज र एक छोरी ( रीटा, संजय जीओसीएल निगम, अमीरातका अध्यक्ष हुन् र धीरज अशोक लेल्याण्डका अध्यक्ष हुन्। प्रकाश हिन्दुजाका दुई छोरा छन अजय र रामकृष्ण र एउटी छोरी रेणुका, अजय जीओसीएल निगमका अध्यक्ष हुन् र रामकृष्ण उपाध्यक्ष छन् । अशोक हिन्दुजाका दुई छोरी, अम्बिका र सत्य र एक छोरा शोम छन् ।

 २०१४ मा केपीएमजीमा सहयोगीको रूपमा काम गरिसकेपछि सोम हिन्दुजा समूहमा सामेल भए । उनी अब हिन्दुजा समूहको वैकल्पिक उर्जा र स्थायी पहलका अध्यक्ष हुन् । अशोक हिन्दुजाकी छोरी अम्बिका बलिउडमा फिल्म निर्माता र दोस्रो छोरी सत्य डीजे र संगीत निर्माता छन । 

प्रतिक्रिया दिनुहोस