
आइतबार र साेमबार राजधानीका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोटसँगै बिभिन्न स्थानमा बम अतङ्कक भएपछि प्रहरीले सुरक्षा व्यवस्था कथा पारेको भनिएको बेला देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि त्यसको प्रभाव देखिएको छ।
केही महिनायता देखि नै सिंहदरबार प्रवेशमा कडाई गरिएकोमा आइतबारको बम विस्फोटपछि सिंहदरबार प्रवेशमा थप कडाई गरिएको हो । अघिपपछि परिचय पत्र हेरेरभित्र प्रवेशको व्यवस्था भएकोमा अहिले झोला जाँच गर्न थालिएको छ भने सवारी साधनको भित्र पनि जाँच गर्न गर्ने गरिएको छ ।
भित्र प्रवेश गर्ने सवारी साधनको जाँचमा कडाइ हुन थालेपछि मंगलबार सिंहदरबार आसपासमा सवारीको जाम नै देखिन्थ्यो । साथै मन्त्रालयको मुख्य प्रवेशद्वारमा पनि अघिपछि भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस