aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असार २०७७
थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं । थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् । त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस