काठमाडौं । रसुवामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण देखिएको बताए ।
यससँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस