aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असार २०७७
कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको भरतपुर अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज बिहान मृत्यु भएको बताए । ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस