उदयपुर । उदयपुरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले उदयपुरका ३ महिला र ४ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
प्रमुख सुवेदीका अनुसार आज थपिएका संक्रमित सबैजना उदयपुरको त्रियुगा नगरपालिकाका रहेका छन् । जसमा वडा नं ९ का ३० वर्षीय महिला, वडा नं ३ का २६ वर्षिया पुरुष, वडा नं २ का ३० वर्षिया पुरुष, वडा नं ८ का २३ वर्षिया पुरुष, वडा नं १० का ५३ वर्षिया महिला, वडा नं ६ का ३५ वर्षिया पुरुष र ३० वर्षिया महिला रहेका छन् । उनीहरु सबै जनालाई कुवेत, भारत र दुबईबाट ल्याएर क्वारेन्टाइनमा राखिएको थियो । संक्रमित सबैलाई चौदण्डीगढी नगरपालिकाको आइसोलेशनमा पठाउने तयारी भइरहेको प्रमुख सुवेदीले बताए ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस