aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

शनिबार एक हजार १७६ जना नेपाली स्वदेश फर्किए, आज कुन-कुन देशबाट आउँदैछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
शनिबार एक हजार १७६ जना नेपाली स्वदेश फर्किए, आज कुन-कुन देशबाट आउँदैछन् ?

काठमाडौं । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट शनिबार एक हजार १७६ जना नेपाली नागरिक नेपाल फर्केका छन् । त्यस्तै नेपालबाट १४७ जना विदेश उडेका छन् । शनिबार नै १५ जना नेपाली नागरिकको शव रियादबाट नेपाल आएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति र त्रिभुवन विमानस्थलका अनुसार शनिबार हङकङबाट ८१ जना, कतारको दोहाबाट २४२ जना, दुबईबाट १४६ जना, साउदी अरेबियाको दमामबाट १५४ जना र रियादबाट २५४ जना, कुवेतबाट ८६ जना र अष्ट्रेलियाको मेलवर्न र मलेसियाबाट गरी २१२ जना नेपाली नागरिक स्वदेश फर्किएका हुन् । 

नेपाल फर्कनुभएका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ । लकडाउनको समय भए पनि अत्याश्यक स्थानीय उडान स्वदेशभित्र शनिबार चार वटा उडान भएको विमानस्थलले जनाएको छ ।

विदेशबाट नेपाली नागरिक ल्याउने क्रममा आइतबार मलेसिया र कतारबाट नेपाली नागरिक ल्याउने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस