aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए

भारत । भारतमा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार शनिबार पछिल्लो २४ घण्टामा २० हजार १३१ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । 

यसअघि शुक्रबार १८ हजार २७६ जना थपिएका थिए । विश्वकै चौथो स्थानमा रहेको भारतमा अहिलेसम्म ५ लाख २९ हजार ५७७ संक्रमित पुगेका छन् । निको हुनेहरु शनिबार १४ हजार २२९ जना रहेका छन् । अहिलेसम्म ३ लाख १० हजार १४६ जनालाई निको भएको छ । 

सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या निकै नै बढी रहेको छ । शनिबार ४१४ जनाको ज्यान गएको छ । ज्यान जानेको संख्या १६ हजार १०३ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३६८ जना संक्रमित थपिएका छन् । अहिलेसम्म १ लाख ५९ हजार १३३ पुगेका छन् । मृतक १६७ थपिएर ७ हजार २७३ पुगेका छन् । 

दिल्लीमा २ हजार ९४८ जना थपिएका छन् भने मृतक ६६ थपिएका छन् । तमिलनाडुमा ३ हजार ७१३ थपिएका छन् भने मृतक ६८ थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस