aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आर्थिक वर्ष २०७६/७७ को बजेटः बुधबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
आर्थिक वर्ष २०७६/७७ को बजेटः बुधबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गरेका छन् ।

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस