aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मुख्य सचिव बन्न सरकारका परिष्ठ सचिवको दौडधुप शुरु

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १४ असार २०७७
मुख्य सचिव बन्न सरकारका परिष्ठ सचिवको दौडधुप शुरु

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका परिष्ठ सचिवको दौडधुप शुरु भएको छ ।मुख्यसचिव लोदर्शन रेग्मीको ३ वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौढधुप सुरु भएको हो । 

मुख्य सचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे ३ महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् । 

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास बैरागी, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालउका डा। विश्वनाथ ओली र सहरी विकास मन्त्रालउका मधुसूदन अधिकारी छन् ।  

प्रतिक्रिया दिनुहोस