aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

राष्ट्रपतिलाई साइकल चलाउन आउदैनः ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
राष्ट्रपतिलाई साइकल चलाउन आउदैनः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । ६९ औं मदन भण्डारी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै ओलीले उक्त कुरा बोलेका हुन् ।

प्रधानमन्त्री ओलीले आफु शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताए । 

पार्टी भित्रको आलोचना सुन्नसमेत नचाहने प्रधानमन्त्री ओली पार्टीको स्थायी समिति बैठकमा विभिन्न एजेण्डामा भएको छलफलमा समेत भाग लिएका थिएनन् ।  

कतिपयले आफुले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै शासक हुन नभएर आफु देशको सेवाका लागि जन्मिएको भने बताउन भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस