कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरी बस्ने ९० वर्षीया लक्ष्मी देबी भण्डारीलाई भैसीले हान्दा आइतबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित कनरी नदीको किनारमा बाख्रा चराउने क्रममा सोही ठाउँ बस्ने नाले सुनारको भैसीले हन्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस