काठमाडौं, जेठ १४ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३४ खर्ब ६४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमध्ये प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी अर्थात ४१.४ प्रतिशत रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशको सबैभन्दा कम ३.४ प्रतिशत रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ६.८ प्रतिशत हुँदा सबैभन्दा बढी प्रदेश नम्बर ५ को ७.१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ५.७ प्रतिशत कायम हुने अनुमा गरिएको छ ।
उता, चालू आर्थिक वर्षको चैत मसान्तसम्म २८ वटा वाणिज्य बैंक, ३२ वटा विकास बैंक, २४ वटा वित्त कम्पनी, ९१ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा १७५ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् ।
यसबीचमा पूर्वाधार विकास बैंकसमेत सञ्चलनमा आएमा आएको छ । ४० बीमा कम्पनी, ३४ हजार ७ सय ३७ सहकारी (बचत तथा ऋण ऋण सहकारी संस्थाको संख्या १३ हजार ९ स १७) कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंकसमेत सञ्चालनमन रहेका छन् ।
गत पुस मसान्तसम्म वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा सबैभन्दा बढी अंश बैंक तथा वित्तीय संस्थाको ८७.३ प्रतिशत रहेको छ । वित्तीय क्षेत्रअन्तर्गत नेपाल राष्ट्र बैंकको १८. ५ प्रतिशत, वाणिज्य बैंकहरुको अंश ५६.७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस