aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ढाकामा डुंगा दुर्घटना, कम्तीमा २३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
ढाकामा डुंगा दुर्घटना, कम्तीमा २३ जनाको मृत्यु

ढाका । बंगलादेशको ढाकामा डुंगा(फेरी) दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको र २ दर्जनभन्दा बढी बेपत्ता रहेको एजेन्स फ्रान्स प्रेस-एएफपीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार सोमबार बिहान डुंगा दुर्घटना भएको थियो ।

दुर्घटना भएको डुंगामा ५० जना सवार रहेको र २३ जनाको शव फेला परेको बंगलादेशका अधिकारीहरुले जनाएका छन् ।

बाँकी बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको अधिकारीको भनाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस