aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

के के गर्दै छ अहिले बसेको मन्त्रीपरिषद् बैठकले निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
के के गर्दै छ अहिले बसेको मन्त्रीपरिषद् बैठकले निर्णय

काठमाडौं । आज सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न बैठकले सार्वजनिक यातायात, सीमा नाका र आन्तरिक हवाई उडानबारे नयाँ निर्णय गर्न सक्ने बताइएको छ । 


यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो । उक्त बैठकले भने बमोजिम अब असार२१ गतेबाट यी सेवा खोल्ने कि बन्द गर्ने भन्ने निर्णय पनि हुने भएको छ । 


 सार्वजनिक यातायात व्यवसायीले चौतर्फी रुपमा यातायात सेवा सञ्चालन गनृ दवाव दिइरहेकाले यस सम्बन्धमा पनि आज निर्णय हुने बताइएको छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस