
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ ।
गत २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए ।
यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,२४८ पुगेको छ ।
तीमध्ये ३,१३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार असार १३ गते मृत्यु भएका एक व्यक्तिबाट सङ्कलित नमुनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ ।
अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १०,०८५ छ ।
बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस