
तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। इरानले आफ्नो वरिष्ठ सैनिक कमान्डर जनरल क्वासिम सुलेमानीको हत्यामा संलग्न भएको आरोपमा ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अमेरिकाले गत जनवरी ३ मा आतंवादी गतिविधि गराएको भन्दै रिभोलुसनरी गार्ड फोर्सका कमान्डर सुलेमानीको इराकको राजधानी बगदादमा ड्रोन आक्रमणमा हत्या गरेको थियो । अमेरिकाले इराकमा रहेका अमेरिकी सेनामाथि आक्रमणको योजना बनाएको आरोप लगाएको थियो ।
उनको हत्यामा संलग्नलाई ुहत्या र आतंकवादु को आरोप लगाइएको सरकारी वकिल अली अलकासिमेरले बताएका छन् । पक्राउ पुर्जी जारी गरिएहरुमा ट्रम्पबाहेक अन्यको नाम खुलाइएको छैन । इन्टरपोलले पनि यस विषयमा प्रतिक्रिया दिइसकेको छैन ।
इरानले ट्रम्पविरुद्ध रेड नोटिस जारी गर्न समेत इन्टरपोललाई आग्रह गरेको बताइएको छ । रेड नोटिस कुनै पनि आरोपितलाई पक्राउ गर्न इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो । रोयटर्स
प्रतिक्रिया दिनुहोस