aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

स्रोत नखुलेको ६५ लाख नगदसहित कुलेश्वरबाट दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
स्रोत नखुलेको ६५ लाख नगदसहित कुलेश्वरबाट दुई जना पक्राउ

काठमाडौं ।  काठमाडौंको कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका दुई जना पक्राउ परेका छन् । कुलेश्वरमा फलफूल व्यापार गर्ने बारा गढीमाईका ४७ वर्षीय रमेश सिंह र उनका साला भारतीय नागरिक २५ वर्षीय रविकुमार सिंहलाई सोमबार दिउँसो स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार दुवै जनालाई कालीमाटी वृत्तमा राखिएको छ । उनीहरुबाट बरामद रकम हुन्डी कारोबार हुन सक्छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस