aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

हवाई उडान साउन ७ गतेसम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
हवाई उडान साउन ७ गतेसम्म बन्द

काठमाडौं । सरकारले साउन ७ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान साउन ७ गतेसम्म बनद गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले आंशिकरूपमा खुलाइएको लकडाउनलाई पनि साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । 

त्यसैगरि, काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस