
भारत । भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार एक सूचना जारी गर्दै चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एपहरुमा रोक लगाइएको जनाएको हो ।
प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन्। टिकटक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।
भारत र चीनका विचमा सिमा विवाद चर्चिरहेकको समयमा यस्तो निर्णय भएको हो। पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत चर्को दबाब दिइरहेका थिए।
यी हुन् प्रतिबन्धित एप
प्रतिक्रिया दिनुहोस