aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६७ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६७ हजार नाघ्यो

भारत । भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ ।

यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस