
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एकदुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ। यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भोलि, १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै पर्सि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस