aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चिनियाँ उत्पादन विरुद्ध उद्योगीको मोर्चा बन्दी, भारत आत्मनिर्भर बनाउने ५ प्लान सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
चिनियाँ उत्पादन विरुद्ध उद्योगीको मोर्चा बन्दी, भारत आत्मनिर्भर बनाउने ५ प्लान सार्वजनिक

एजेन्सी । भारत र चीनबीचको तनाव पछिल्लो केही दिनदेखि बढ्दै गइरहेको छ । भारत सरकारले आर्थिक मोर्चामा चीनलाई घेर्न धेरै कडा कदम चालेको छ । साथै, चिनियाँ उत्पादनको बहिष्कारको अभियान पनि तीव्र भएको छ । 

यसैबीच, अहिले भारतीय वाणिज्य तथा उद्योग महासंघ (एफआईसीसीआई) का अध्यक्ष, संगीता रेड्डीले आफ्ना सदस्यहरूको लागि पिस ( PEACE) नामक कार्ययोजना तयार गरेकी छिन । यस सूत्र अन्तर्गत भारतलाई आत्मनिर्भर बनाउने योजना बनादइने बताइएको छ । पिस सूत्रको प्रत्येक शब्द पीसका प्रत्यक शब्दद्वारा यसको सदस्यहरूलाई विस्तृत रूपमा वर्णन गरिएको छ । 

१. उत्पादनका लागि पीः फिक्कीले संस्थाका सदस्यहरुलाई आफैंको एक मापदण्ड बनाएर उत्पादन बढाउन अपील गरेको छ । उत्पादन बढाउनका लागि परामर्श विंग पनि शुरू गर्नेछ । 

२. (ईफिशिएन्सी) दक्षताको लागि ई : फिक्कीका अनुसार कम्पनीहरूलाई व्यवसाय गर्न सजिलो बनाउन दक्षता सुधार गर्न स्थानीय र राज्य सरकारसँग मिलेर काम गर्न सुझाव दिइएको छ । फिक्कीको  सुझावहरु स्वीकार गरीएको छ र निकायले प्रधानमन्त्री, वित्त, वाणिज्य र उद्योग मन्त्री, अन्य मन्त्रीहरु, सीएम र अरु धेरैसँग पनि वार्ता गरेको छन ।  फिक्कीले आउँदो दिनमा कार्यकुशलता बढाउनका लागि आफ्ना सदस्यहरुको राय र सुझावहरु सरकारहरुमा लिनेछ ।

३. अल्टरनेटिभ (विकल्प) एः फिक्कीका अनुसार धेरै उत्पादनहरू घरेलु रूपमा उपलब्ध छन् । यद्यपि धेरै कम्पनीहरूले भारतमा विदेशबाट उत्पादनहरू आयात गर्दछन् । प्रत्येक सदस्यले अन्य देशहरुबाट आपूर्तिको वैकल्पिक स्रोतहरु खोज्नु पर्छ । यसको तर्फबाट फिक्कीले एयर कन्डिसनर, फर्नीचर, कपडा, इलेक्ट्रोनिक उपकरण र मोबाइल फोनका लागि रणनीतिहरू बनाएको छ ।

४. कम्पिटिसन (प्रतिस्पर्धा)को लागि सीः फिक्कीका अनुसार भारतका प्रत्येक व्यवसायहरु प्रतिस्पर्धात्मकताका लागि सुधार गर्न कार्य योजना तयार गर्नुपर्दछ । फिक्कीका अनुसार सरकारी नीतिहरु व्यापारिक प्रतिस्पर्धाका लागि तयार गर्ने खालको बनाइने उल्लेख छ । यसमा बिजुली, जमिन, मजदुर इत्यादिको लागत समावेश समेत समावेश गरिएको छ । 

५. एक्पार्ट(निर्यात)का लागि ईः अब भारतले निर्यातमा ध्यान केन्द्रित गर्नु अनिवार्य भएको फिक्कीको निष्कर्ष रहेको छ ।  फिक्कीले सदस्यहरुलाई उनीहरूको निर्यातलाई तीब्र बनाउन र उनीहरूको उत्पादनको ५० प्रतिशत निर्यात गर्न शुरु गर्न र उनीहरूले पहिले नै निर्यात गरेको भन्दा दोब्बर संख्यामा वृद्धि गर्न समेत फिक्कीले अनुरोध गरेको छ । 

यसैबीच, ग्लोबल डाटा, डाटा र यसका विश्लेषणहरुले एक तथ्यांक सावैजनिक गरेका छन । जुन तथ्यांक अनुसार गएकोचार बर्षमा भारतकोे स्टार्टअपमा चिनियाँ लगानी १२ गुणा बढेको छ र २०१९ मा यो बढेर ४ अर्ब ६ करोड डलर पुगेको बताएको छ । २०१६ मा यो ३८.१ मिलियन डलर मात्र रहेको थियो ।

उक्त कम्पनीको तथ्यांकका अनुसार राम्रो सम्भावना भएका अधिकांश स्टार्टअपहरू (युनिकोर्न) चिनियाँ कम्पनीहरूले समर्थन गरेको बताएका छन । स्टार्टअप जसमा एक अर्ब डलरभन्दा बढी लगानी रहेका कम्पनीलाई भनिन्छ । 

प्रतिक्रिया दिनुहोस