aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज पनि बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो।

बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ। शुक्रबारको बैठकमा ओली उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित भएका थिए।

शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। शुक्रबार १८ सदस्यले धारणा राखेका थिए भने शनिबार २१ सदस्यले धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस