
काठमाडौं । लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाडौंका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बिहानै नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका छन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । आंशिकरूपमा लकडाउन खुलाइए पनि सार्वजनिक यातायातका साधन चलाउन भने रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस