
घाेराही । दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ ।
मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ ।
चार-पाँच जनाको समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले बताए । उनलाई अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको छ ।
फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस