
मनाङ । हिमाली जिल्ला मनाङमा ५७ वर्षीय पुरुष कोरोना जितेर डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त जिल्ला भएको छ ।
मनाङमा भेटीएका एकमात्र संक्रमित सोमबार कोरोनामुक्त भएसँगै हाललाई मनाङ कारोनामुक्त जिल्ला भएको हो ।
कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा स्थायी ठेगाना कपिलवस्तुको वाणगंगा घर भई मनाङमा कार्यरत ५७ वर्षीय कर्मचारी घर फर्किएका छन् ।
जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत ५७ वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचर्यले बताए ।
११ दिनकोे उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचर्यले बताए । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस