
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टीलेटर सहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोग स्वरुप उपलब्ध गराएको हो। १ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस