aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

लकडाउनमा रोकिएको राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७७ पुनः सुचारु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
लकडाउनमा रोकिएको राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७७ पुनः सुचारु

काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौँ महानगरपालिकाभित्र राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ।

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय युनिसेफसँग सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका दादुरा खोप लगाउने अभियानमा सघाउँदै आएको जानकारी दिएको छ।

गत फागुनमा सुरु गरिएको खोप अभियान कोरोना महामारी तथा लकडाउनले पूरा हुन सकेको थिए। काठमाडौँ महानगरपालिकाको खोप केन्द्रले ६ फिट दूरी कायमगर्दै तथा अन्य आवश्यक सुरक्षाका मापदण्ड अपनाएर महानगरपालिकाका एक लाखभन्दा बढी बालबालिकालाई दादुर विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गतवर्ष समझदारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस