aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यी हुन् ५ सयभन्दा बढि संक्रमित भएका जिल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
यी हुन् ५ सयभन्दा बढि संक्रमित भएका जिल्ला

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ३ हजार १ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । 

नेपालका ७ जिल्लामा ५ सय भन्दाबढि कोरोना संक्रमित रहेका छन् । सबैभन्दा बढी प्रदेश २ का महोत्तरी, सर्लाही र रौतहटमा पाँच सय भन्दा बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

प्रवक्ता गौतमका अनुसार प्रदेश ५ को कपिलवस्तु र दाङमा संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा पनि संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ । 

प्रतिक्रिया दिनुहोस