aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

अब प्रहरी अस्पताल महराजगञ्जमा पनि पीसीआर टेष्ट गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
अब प्रहरी अस्पताल महराजगञ्जमा पनि पीसीआर टेष्ट गरिने

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोरोना भाइरस (कोभिड १९) को पिसिआर परीक्षण संचालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाईको मंगलबार सोही अस्पतालमा आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका थिए ।  

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले मोलेकुलर परीक्षण इकाई स्थापना गर्न उत्कृष्ठ कार्य गर्ने ८ जना प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण समेत गरे । 

कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना संक्रमण रोकथामको लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्माचारीहरु संक्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालले संचालन गर्ने गरी इकाईको स्थापना हुनु सबैको लागि सुखद कुरा भएको बताए । 

प्रहरी महानिरीक्षक ज्ञवालीले पिसिआर ल्यावबाट अधिक भन्दा अधिक प्रहरी कर्माचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै छोटो समयमा इकाईको स्थापना गर्न देखाएको तदरुकताका लागि नेपाल प्रहरी अस्पताल परिवारप्रति उनले आभार   व्यक्त गरे । प्रहरी कर्माचारीहरु कोरोनाबाट संक्रमित हुनबाट बच्न समयमा नै सजग हुनुपर्नेमा उनले जोड दिए ।
  
सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा।आशा सिंहले स्वागत मन्तव्य व्यक्त तथा उक्त इकाई सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएको नबिनतम् प्रविधि र पद्दतिलाई अङगिकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्ने र उन्नत अस्पतालको रुपमा विकास गर्न कटिबद्ध रहेको बताए । 

उक्त इकाई कुल १ करोड १९ लाख ३९ हजार रुपैयाँको लागतमा स्थापना गरिएको र तत्काल संचालनमा आउने उनले जानकारी दिए । उद्‍घाटन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस