aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पाकिस्तान विमानलाई युरोप प्रवेशमा रोक, २६२ पाइलटको लाइसेन्स संदिग्ध !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
पाकिस्तान विमानलाई युरोप प्रवेशमा रोक, २६२ पाइलटको लाइसेन्स संदिग्ध !

एजेन्सी । कोरोना महामारीबाट पीडित पाकिस्तानले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा नै बेइजेत भएको छ । युरोपेली संघमा नक्कली पाइलट इजाजतपत्र स्क्याममा पाकिस्तान इन्टर्नेशनल एयरलाइन्स (पीआईए) लाई युरोपियन युनियन एयर सेफ्टी एजेन्सी (एएएसए) ले ६ महिनाको लागि निलम्बित गरेको छ ।

युरोपियन युनियन एयर सेफ्टी एजेन्सी (ईएएसए) द्वारा ६ महिना प्रतिबन्धित भएपछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले एक विज्ञप्ति जारी गरेको छ । जुलाई १, २०२० देखि इसाले अर्को ६महिनाका लागि ईयु सदस्य देशहरुमा प्रवेशमा रोक लगाएको छ । 

यद्यपि, पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) ले  पीआईए समस्या समाधान गर्न ईएएसएसँग लगातार सम्पर्कमा रहेको जनाएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सका विमानहरु अस्थायी रूपमा युरोपमा उडानहरू बन्द हुने छन् ।

युरोपियन युनियन एयर सेफ्टी एजेन्सी (एएएसए) ले २६२ पाकिस्तानी पायलटहरूले विमान ग्राउन्डिंग गरेपछि उक्त निर्णय लिएको थियो जसको इजाजतपत्रलाई पाकिस्तानकै उड्डयन मन्त्रीले ’संदिग्ध’ भनेर चिनाएका थिए ।

प्रतिक्रिया दिनुहोस